IME Life New

विश्वका बीमा कम्पनीहरुले पुँजी व्यवस्थापनका लागि बढाउँदै ‘फ्याकल्टेटिभ पुनर्बीमा’को प्रयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका बीमा कम्पनीहरुले सुस्त बजारमा वृद्धिका अवसरहरु खोज्दै पुँजी व्यवस्थापन गर्न, क्षमता बढाउन र नयाँ बजारहरुमा प्रवेश गर्न फ्याकल्टेटिभ पुनर्बीमाको प्रयोग बढाउँदैछन्। फ्याकल्टेटिभ पुनर्बीमा भनेको एक प्रकारको बीमा सुरक्षा हो। जसमा बीमा कम्पनीहरुले कुनै एक विशिष्ट जोखिम वा बीमा पोलिसीका लागि प्रत्येक घटना वा मामलाका आधारमा छुट्टाछुट्टै रुपमा पुनर्बीमासम्बन्धी सम्झौता गर्दछन्।

डब्ल्यूटीडब्ल्यू बिजनेस विलिस र कोलम्यान पाक्र्स रिसर्चद्वारा गरिएको ‘फ्याकल्टेटिभ रिइन्स्योरेन्स रिपोर्ट–२०२६’ सर्वेक्षणले उत्तर अमेरिका, युरोप, मध्यपूर्व, एसिया प्रशान्त र ल्याटिन अमेरिकाभरि ३८० वरिष्ठ बीमा कार्यकारीहरुको सर्वेक्षण गरिएको थियो। सन् २०२४ मा ४४ प्रतिशतको तुलनामा आधाभन्दा बढी (५२ प्रतिशत) बीमा कम्पनीहरुले पुँजी व्यवस्थापनका लागि फ्याकल्टेटिभ पुनर्बीमा खरिद गर्नुको प्राथमिक कारणका रुपमा उल्लेख गरे।

Esewa
Crest

करिब ५६न प्रतिशत कम्पनीहरुले आगामी दुई वर्षमा विश्वव्यापी विस्तारलाई आफ्नो सबैभन्दा ठूलो अवसरहरुमध्ये एउटाका रुपमा उल्लेख गरे। जुन पहिले ३९ प्रतिशत थियो।

नयाँ बजार र जोखिम क्षेत्रहरुमा प्रवेश गर्नु ५२ प्रतिशत बीमा कम्पनीहरुका लागि प्रमुख रणनीतिक उद्देश्य थियो। जुन अघिल्लो सर्वेक्षणमा ४५ प्रतिशत थियो।

यसबाहेक ५५ प्रतिशत कम्पनीहरुले क्षमता विस्तारलाई प्राथमिकताका रुपमा उल्लेख गरे। जुन पहिले ४८ प्रतिशत थियो।

सर्वेक्षणले यो पनि पत्ता लगायो कि ६० प्रतिशत बीमा कम्पनीहरुले आगामी दुई वर्षमा फ्याल्टेटिभ पुनर्बीमाको प्रयोग बढाउने अपेक्षा गरेका छन्। जब कि १३ प्रतिशतले यसको प्रयोग घटाउने योजना बनाएका छन्।

लगभग ८२ प्रतिशत कम्पनीहरुले फ्याल्टेटिभ पुनर्बीमा जोखिम, क्षमता, पुँजी र जोखिम व्यवस्थापन गर्ने उनीहरुको रणनीतिको एक महत्त्वपूर्ण भाग भएको बताए। सन् २०२४ मा २८ प्रतिशत को तुलनामा केवल २२ प्रतिशत कम्पनीहरुले यसलाई अन्तिम उपायका रुपमा प्रयोग गर्ने जनाएका छन्।

यी नतिजाहरुले देखाउँछन् कि बीमा कम्पनीहरुले फ्याल्टेटिभ पुनर्बीमा प्रयोग गर्ने तरिका परिवर्तन गरिरहेका छन्। अब यसलाई मुख्य रुपमा कठिन जोखिमहरुबाट जोगाउनको सट्टा विस्तार र पुँजी व्यवस्थापनलाई समर्थन गर्न प्रयोग गरिरहेका छन्।

यसबाहेक बीमा कम्पनीहरु बजार अवस्थालाई असर गर्न सक्ने नयाँ जोखिमहरुका बारेमा बढी चिन्तित हुँदै गइरहेका छन्। ५७ प्रतिशत उत्तरदाताले भूराजनीतिक तनाव (पहिले ५२ प्रतिशत) उल्लेख गरे। जब कि ५४ प्रतिशतले साइबर जोखिम (पहिले २४ प्रतिशत) र ४० प्रतिशतले जलवायु जोखिम (पहिले ३० प्रतिशत) उल्लेख गरे।

विलिसका डाइरेक्ट तथा फ्याकल्टेटिभका विश्वव्यापी प्रमुख ग्यारेट गौघनका अनुसार अनिश्चितताका बीचमा लचिलोपन प्रदान गर्दै बीमा कम्पनीहरुलाई क्षमता विस्तार गर्न, नयाँ बजारहरुमा प्रवेश गर्न र पुँजी व्यवस्थापन गर्न मद्दत गर्न फ्याकल्टेटिभ पुनर्बीमा बढ्दो रुपमा प्रयोग भइरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS