IME Life New

जेनजी आन्दोलनमा भएको भौतिक क्षतिमा करिब साढे २३ अर्बको बीमा दाबी, हालसम्म भुक्तानी कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुले कुल ३ हजार ३१६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकम भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले त्यसमध्ये अग्रिम भुक्तानीसमेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरुलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्यांकक बीमा कम्पनीहरुबाट प्राप्त भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल ७१२ वटा दाबीको करिब १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा दाबीको करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ।

Esewa
Crest

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल २२६ वटा दाबीको करिब ५५ करोड ३९ लाख रुपैयाँमध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कुल १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कुल ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई कुल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ। नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल भुक्तानी गर्नुपर्ने रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्यांक कम्पनीबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS