IME Life New

नौ महिनामा पौने २ खर्ब बढीको बीमा व्यवसाय, १३%ले बढ्यो व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ९ महिना चैतसम्म पौने २ खर्ब बढीको बीमा व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको चैतसम्म बीमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म बीमा कम्पनीहरुले १ खर्ब ५९ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १३.२८ प्रतिशतले बढेको छ।

Esewa
Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब ४३ अर्ब ८१ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १३.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीहरुले ३५ अर्ब १५ करोड ६५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ८ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ९९ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.९६ प्रतिशत र नवीकरण बीमाशुल्क ९.१३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ६३ लाख ९७ हजार २०५ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय जीवन बीमालेख संख्या १ करोड ४३ लाख ९९ हजार ५७३ वटा थियो। बीमालेख संख्या १३.८७ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १३.५६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५९ लाख ८९ हजार ३१८ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ११.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५३ लाख ६४ हजार ९१ वटा थियो।

चालु आर्थिक वर्षको चैतसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ८० लाख २१ हजार ७५९ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २३ लाख ८६ हजार १२८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६५ लाख ६७ हजार २६३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ६८ हजार २१९ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २२.१५ प्रतिशत भने वैदेशिक रोजगार बीमालेख संख्या ३.३३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ५०.३१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४४.६४ प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS