IME Life New

बीमा प्राधिकरणको न्याय सम्पादन कार्य कछुवाको गतिमा, एक वर्ष करिब २५% उजुरी मात्र फर्छ्यौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बीमा प्राधिकरणमा उजुरीको चाङ लागे पनि न्याय सम्पादन कार्य भने कछुवा गति देखिएको छ।

प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार आर्थिक वर्ष २०८१।८२ मा ५२५ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये १३१ वटामात्रै उजुरी फर्छ्यौट भएका छन्। यो फर्छ्यौट संख्या कुल उजुरीको करिब २५ प्रतिशत मात्र रहेको देखिन्छ।

Esewa
Crest

प्राधिकरणका अनुसार समीक्षा वर्षमा अघिल्लो आर्थिक वर्ष २०८०।८१को बाँकी २८७ वटा, यस वर्ष केन्द्रीय कार्यालयमा परेका १४४ वटा, प्रदेश कार्यालयमा परेका ९१ वटा र पुनरावेदनबाट आएको ३ वटा गरी कुल ५२५ वटा उजुरी छन्। अघिल्लो वर्ष प्राधिकरणमा कुल ४३७ वटा उजुरी परेका थिए।

यसैगरी गत आर्थिक वर्षमा कुल उजुरीमध्ये प्राधिकरणले ८५ वटाको फैसला र ४९ वटाको सहमति गरी कुल १३१ वटा उजुरी फर्छयौट भएको देखिन्छ। अघिल्लो वर्ष १५० वटा उजुरी फर्छ्यौट भएको थियो।

प्राधिकरणका अनुसार अब ३९४ वटा उजुरी फर्छ्यौट हुन बाँकी छ। यो फर्छ्यौट हुन बाँकी संख्या कुल उजुरीको ७५ प्रतिशतभन्दा बढी हो।

त्यसो त प्राधिकरणको केन्द्रीय कार्यालय गत जेठ २२ गतेबाट न्यायिक इजलास पनि सञ्चालनमा ल्याएको छ। इजलासले प्राधिकरणमा परेका बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइ गर्दै फर्छ्यौटलाई तीव्रता दिइने उद्देश्य राखिएको छ। यद्यपि, उजुरी फर्छ्यौटको संख्या हेर्दा प्राधिकरण आफ्नो उद्देश्यमा सफल हुन नसकेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS