IME Life New

बीमा प्राधिकरणको न्यायिक सम्पादन कार्य ‘कछुवाको गतिमा’, केबल २३% उजुरी मात्र फर्छ्यौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म केबल २३ प्रतिशतमात्रै उजुरी फर्छ्यौट भएको छ।

प्राधिकरण आफैँले प्रकाशित गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो। यसले प्राधिकरणको न्यायिक सम्पादन कार्य निकै सुस्त रहेको देखाउँछ।

Esewa
Crest

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका ३९४ वटासहित चालु आर्थिक वर्षको चैतसम्म केन्द्रीय कार्यालयमा परेका ८६ वटा र प्रदेश कार्यालयहरुमा परेका ३४ वटा उजुरी गरी ५१४ वटा उजुरी रहेका थिए। तीमध्ये ११८ वटा उजुरी मात्रै फर्छ्यौट भएका छन् भने अझै ३९६ वटा उजुरी बाँकी छन्। कुल उजुरीमा फर्छ्यौट भएको उजुरी २२.९६ प्रतिशत हो भने ७७.०४ प्रतिशत उजुरीको टुंगो लाग्न बाँकी छ।

प्राधिकरणका अनुसार ८५ वटा उजुरीको फैसलामार्फत र ३३ वटा उजुरीको सहमतिमा टुंगो लागेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १३१ वटा उजुरी फर्छ्यौट भएका थिए। त्यतिबेला प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए। जुन कुल उजुरीमा फर्छ्यौट भएको उजुरी करिब २५ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS