काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा देखिएका नीतिगत समस्या दर्शाएको छ।
आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको थियो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका थिए।
छलफलका क्रममा बीमा प्राधिकरणले बीमा क्षेत्रमा नीतिगत समस्याका विषयमा जानकारी गराएको हो।
यस्ता छन् नीतिगत समस्या
- बीमा ऐनसँग अन्य ऐन बाझ्नु, बीमा ऐनको प्रतिकूल अन्य नियकाले काम गर्नु
- बीमा ऐन र नियमावलीमा केही व्यवस्थाहरु अव्यहावहारिक हुनु
- राष्ट्रिय बीमा नीतिअनुसार योजना तथा कानुनहरु नबन्नु
- वित्तीय क्षेत्रको समन्वयका लागि स्थायी संयन्त्रको स्पष्ट कानुनी व्यवस्था नहुनु
- बीमासम्बन्धी कानुनसँग अद्यावधिक हुने गरी अन्य कानुनहरु संशोधन हुन नसक्नु
- नेपालको आफ्नो रिस्क फ्री रेट (बीमाको सम्बन्धमा) नहुनु
- अनिवार्य गरिनुपर्ने बीमाहरु अनिवार्य नहुनु
- नेपालको आफ्नो राष्ट्रिय रिस्क रेटिङ र आफ्नो रिस्क मोडलिङ नहुनु
- प्रत्येक ५ वर्षमा बीमा ऐन संशोधन गरिने छ भनेर ऐनमा नै लेखिएको












