IME Life New

बीमा प्राधिकरणले ल्यायो घोडा बीमालेख, के-के छन् मापदण्ड र सर्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोडा बीमालेख जारी गरेको छ। अब निर्जीवन बीमा कम्पनीले घोडा बीमालेख जारी गर्न सक्नेछन्। यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुनेछ।

यस बीमालेखअन्तर्गत बीमितले न्यूनतम २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्नुपर्नेछ। यो बीमा गर्दा २०० रुपैयाँ बीमाशुल्क लाग्नेछ र यसमा अनुदान उपलब्ध नहुने व्यवस्था प्राधिकरणले गरेको छ।

Esewa
Crest

तोकिएको बीमाशुल्क १ वर्षभन्दा कम अवधिका लागि जारी बीमालेखमा पनि लागू हुनेछ। बीमालेखमा दुर्घटना बीमाको अवधि १ वर्षको हुनेछ।

बीमकले पालना गर्नुपर्ने सर्तहरु

  • बीमालेख जारी गर्नुपूर्व बीमा गरिने घोडा समेटिएको विभिन्न कोषबाट खिचिएको कम्तीमा ३ वटा फोटो र कम्तीमा ३० सेकेन्डसम्मको भिडियो क्लिप प्रस्ताव फारामसँगै प्राप्त गरेको हुनुपर्नेछ।
  • बीमितको हकहितविरुद्ध कुनै काम नगरी क्षति पुर्याउन हुँदैन।
  • बीमकले यस बीमालेखबमोजिम घोडाको बीमा गर्दा सर्त पूरा नगरी बीमा गरेको रहेछ भने बीमकले दाबीको समयमा सर्त पूरा नभएको भनी दाबी अस्वीकार गर्न पाउने छैन।
  • बीमकले बीमालेख जारी गर्दा वा बीमा दाबी फर्छ्यौट गर्दा आवश्यक पर्ने सम्पूर्ण विवरण तथा कागजात, फोटो तथा भिडियो आदि सुरक्षित रुपमा अभिलेख गरी राख्नुपर्नेछ।
  • बीमकले बीमितलाई यस बीमालेखसँग सम्बन्धित सम्पूर्ण जानकारी दिनुपर्नेछ।
  • बीमितले बीमालेखमा उल्लेखित सर्त पालना गरे नगरेको यकिन गर्ने दायित्व बीमकको हुनेछ।

बीमितले पालना गर्नुपर्ने सर्त

  • बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त पालना गर्नुपर्नेछ।
  • बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई बीमितले बीमा गरिएको घोडाको अनुगमन तथा निरीक्षण गर्न दिनुपर्नेछ।
  • दाबी, छानबिन, अनुसन्धान वा क्षति मूल्यांकनका क्रममा प्रहरी, बीमक तथा अन्य अधिकार प्राप्त निकायलाई पूर्ण रुपमा सहयोग गर्नुपर्नेछ।
  • दाबी यकिन गर्नका लागि बीमितले आवश्यक प्रमाण जुटाउनलाई बीमकलाई सहयोग गर्नुपर्नेछ।
  • एउटै तबेला (खोर)मा पालन गरिएको सबै घोडाको बीमा गर्नुपर्नेछ।

रक्षावरण

यस बीमालेखअन्तर्गत आगजनी वा अग्निका कारण भएको क्षति, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङका कारण भएको क्षति, रोग वा कीराका कारणले भएको क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति तथा जंगली जनावरको आक्रमण भएको क्षतिमा रक्षावरण हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS