IME Life New

चित्रकथा निर्माण गर्दै बीमा प्राधिकरण, कथा उपलब्ध गराउन आह्वान, उत्कृष्टलाई रु. ८ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण चित्रकथा निर्माण गर्ने भएको छ। बीमा क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन तथा पहुँच वृद्धि गर्न चित्रकथा निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै चित्रकथाका लागि कथा लेखन प्रतियोगिता सञ्चालन गरिने जनाएको छ। यसका लागि कथा उपलब्ध गराउन प्राधिकरणले आह्वान गरेको छ।

Esewa
Crest

बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिले प्राधिकरणले तोकेको ई–मेल आईडीमा आउँदो मंसिर १५ गतेसम्म कथा सामग्री पठाउन सक्नेछन्।

कथाको विषयवस्तु

बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक देखिएका विषयहरु।

कथा छनौटको मापदण्ड

  • लेखनको भाषा नेपाली हुनुपर्नेछ। वर्ड फाइल कोकिला १६ फन्ट साइजमा तयार गर्नुपर्नेछ।
  • सान्दर्भिक एवं विषयमा स्पष्टता हुनुपर्नेछ।
  • पेस हुन आएका कथा आफ्नै मौलिक सिर्जना र सरल भाषामा हुनुपर्नेछ। यसअघि अन्य कुनै पनि पत्रपत्रिकामा प्रकाशन नभएको हुनुपर्नेछ।
  • कथा बढीमा ५०० शब्दको हुनुपर्नेछ।
  • दुई वा दुईभन्दा बढी व्यक्तिबीच संवाद शैलीमा कथा लेखिएको हुनुपर्नेछ।

मापदण्ड पूरा भई प्राप्त हुन आएकामध्ये उत्कृष्ट १० कथालाई छनौट गरी चित्रकथा तयार गरिने प्राधिकरणले जनाएको छ। छनौट भएका कथाका लागि पारिश्रमिकस्वरुप रकम रु. ८ हजारको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

चित्रकथा छनौथ तथा प्रकाशनसम्बन्धी सम्पूर्ण अधिकार प्राधिकरणको प्रकाशन उपसमितिमा रहनेछ।

photo story

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS