IME Life New

बीमकहरुलाई डीसीईओ नियुक्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बीमा प्राधिकरणको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उपकार्यकारी प्रमुख अर्थात नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गर्न पुनः ताकेता गरेको छ।

प्राधिकरणले कम्पनीहरुलाई चैत १५ गते पत्र पठाउँदै डीसीईओ नियुक्त गर्न ताकेता गरेको हो। बीमकको संस्थागत सुशासन निर्देशिका २०८० मा पद रिक्त भएको ३ महिनाभित्र डीसीईओ नियुक्त गरिसक्नुपर्ने प्रावधान छ। यो प्रावधान लागू भएको २ वर्ष हुन लाग्दासमेत प्राधिकरणले यो डीसीईओ नियुक्तिसम्बन्धी प्रावधान कार्यान्वयन गराउन सकेको छैन। निर्देशिकामा स्पष्ट प्रावधान भए पनि ३ महिनाभन्दा लामो समयदेखि केही बीमा कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ इन्स्योरेन्स तथा लघु बीमकहरुमध्ये प्रोटेक्टिभ माइक्रो र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा डीसीईओ पद रिक्त रहेको छ। नेपाल पुनर्बीमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा दामोदर भण्डारी छन्। हिमालयन एभरेष्ट इन्स्योरेन्समा सीईओपछि सहायक महाप्रबन्धकका रुपमा सुदर्शनकुमार श्रेष्ठ कार्यरत छन्।

यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा प्रमुख कार्यकारी मुनि महाप्रबन्धक पदमा अभिम डंगोल छन्। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत मुनि चिफ अपरेटिङ अफिसर दिग्विजय सिंगल कार्यरत छन्।

प्रमुख कार्यकारी अधिकृत रिक्त भएको अवस्थामा तत्कालै कार्यकारी जिम्मेवारी वहन गर्न योग्य उम्मेदवार संस्थाभित्रैबाट तयार पार्न वा अस्थायी रुपमा जिम्मेवारी प्रदान गर्नका लागि प्राधिकरणले उपकार्यकारी प्रमुखसम्बन्धी व्यवस्था संस्थागत सुशासन निर्देशिकाको निर्देशन १८ मा गरेको हो। नीतिगत निर्णयहरु गर्नुपर्ने बीमकको संस्थागत संरचनाभित्र लामो समय उपकार्यकारी प्रमुखविहीन रहनु भनेको अप्रत्याशित रुपमा प्रमुख कार्यकारी पद रिक्त भएको अवस्थामा समग्र कम्पनीको सञ्चालन र नियन्त्रण नै धरापमा पर्ने अवस्था हुन सक्छ।

संस्थाभित्रै कार्यरत कर्मचारीलाई तत्कालै नेतृत्वको जिम्मेवारी दिने अवस्था रहँदैन। निर्णय क्षमता र अख्तियारी दुवैको सीमितताका कारण उच्च व्यवस्थापन तहमा शून्यतासँगै अन्यौलता ल्याउने जोखिम पनि छ। नायब प्रमुख कार्यकारी पदमा नियुक्ति गर्दा वा कार्यरत कर्मचारीलाई बढुवा गर्दा तलबबापतको खर्चभार बढ्ने भन्दै महाप्रबन्धक वा विभागीय प्रबन्धक तहका कर्मचारीबाटै डीसीईओ तहको काम लिइरहेका छन्।

बीमा प्राधिकरणकी निर्देशक एवं प्रवक्ता पुजन ढुंगेल अधिकारीले डीसीईओसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन सबै बीमा कम्पनीहरुलाई पत्र पठाइएको जानकारी दिइन्। ‘पत्र सबै कम्पनीलाई पठाइएको छ’, उनले भनिन्, ‘धेरैजसो कम्पनीले डीसीईओसम्बन्धी व्यवस्था कार्यान्वयन गरिसकेका छन्। यो पत्रपछि बाँकी रहेका कम्पनीहरुले पनि कार्यान्वयन गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS