IME Life New

बीमा प्राधिकरणबाट साउनमा १९ उजुरी फर्छ्यौट, अझै ३९३ वटा मुद्दा बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ साउनमा डेढ दर्जन बढी उजुरी फर्छ्यौट गरेको छ।

प्राधिकरणले सार्वजनिक मासिक बीमा प्रतिविम्बअनुसार प्राधिकरणमा परेका उजुरीमध्ये १९ वटा फर्छ्यौट भएको हो। अझै ३९३ वटा उजुरी बाँकी रहेको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१।८२ बाट सरेर आएको उजुरीको संख्या ३९४ वटा रहेको छ। चालु आर्थिक वर्षको साउनमा प्राधिकरणको केन्द्रीय कार्यालयमा १४ वटा प्रदेश कार्यालयमा ४ वटा गरी जम्मा १८ वटा उजुरी परेका छन्।

साउनसम्म प्राधिकरणमा परेको कुल उजुरी संख्या ४१२ रहेको थियो। त्यसमध्ये १६ वटा उजुरीको फैसला र ३ वटाको सहमति गरी १९ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ।

गत आर्थिक वर्षभरि प्राधिकरणले १३१ वटा उजुरी फर्छ्यौट गरेको थियो। जसमा ८५ वटा उजुरी फैसला र ४६ वटा उजुरी सहमतिमा टुंगो लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS