IME Life New

मिथ्यांकको श्रोत बन्यो बीमा प्राधिकरण,निष्कर्ष अघि तथ्यांकको सत्यापन परिक्षण जरूरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले वार्षिक रूपमा प्रकाशन गर्दै आएको वार्षिक प्रतिवेदनमा बीमा क्षेत्रको कारोबार सम्बन्धमा नक्कली तथ्यांक प्रकाशन गरेर सरोकारवालालाई भ्रमित पारेको पाइएको छ।

इन्स्योरेन्स खबरले प्राधिकरणको वार्षिक प्रतिवेदनमा प्रकाशित जीवन बीमा व्यवसाय सम्बन्धित तथ्यांक केलाउँदा गम्भीर त्रुटी फेला परेको हो। प्राधिकरणले जीवन बीमा व्यवसायमा कूल बीमाशुल्क आम्दानी वृद्धि भएको तथ्यांकमा गडबडी गर्दै सरोकारवालालाई भ्रमित पारेको हो।

Esewa
Crest

 

Annual Report of 76-77 77-78 78-79 79-80 80-81
FY 80-81 9912 12114 13864 14257 15650
FY 79-80 9135 11803 12470 14546 15633
Diff Amount 777 311 1394 -289 17
Diff Percent 9% 3% 11% -2% 0.11%
आव २०७९।८० र २०८०।८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित जीवन बीमकको कुल बीमाशुल्क आम्दानी(रू करोडमा)

प्राधिकरणबाट पछिल्लो पटक प्रकाशित आर्थिक वर्ष २०८०।८१, वार्षिक संक्षिप्त विवरणसँगै आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्यांकको तुलना गर्दा जीवन बीमकको कुल बीमाशुल्कमा प्रत्येक पटकको प्रकाशित विवरणमा उल्लेखित कुल बीमाशुल्क आर्जनको रकममा ११ प्रतिशतसम्मको अन्तर छ।

नेपाल बीमा प्राधिकरणको २०८०।८१ को वार्षिक प्रतिवेदनमा प्रकाशित विवरण

२०७९।८० को वार्षिक प्रतिवेदनमा सो आर्थिक वर्षमा १ खर्ब ४५ खर्ब ४६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन भएको उल्लेख छ। लगत्तै २०८०।८१ को वार्षिक प्रतिवेदनमा सो आवमा १ खर्ब ४२ अर्ब ५७ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन भएको उल्लेख छ। यी दुई वार्षिक प्रतिवेदनको तथ्यांकमा आव २०७९।८० को कुल बीमाशुल्क आर्जन २ अर्ब ८९ करोड रूपैयाँको अन्तर देखिएको छ।

आ.व. २०८०।८१ को जीवन बीमकको कारोबार सम्बन्धि विवरण, प्राधिकरणको वार्षिक प्रतिवेदनमा एक थरी र प्राधिकरणको वेबसाइटमा रहेको इन्स्योरेन्स इण्डष्ट्रि एट अ ग्लान्समा अर्को थरी तथ्यांक प्रकाशन गरिएको छ।

जीवन बीमकको कुल बीमाशुल्क संकलन सम्बन्धि तथ्यांकमा गडबडी भएपनि निर्जीवन बीमकको बीमाशुल्क आम्दानीको तथ्यांकमा पनि गडबडी फेला परेको छ। दुई फरक वार्षिक प्रतिवेदनमा निर्जीवन बीमकको बीमाशुल्क आम्दानी १ देखि १० प्रतिशतसम्म अन्तर भएको तथ्यांक प्रस्तुत गरिएका छन् ।

Annual Report of 76-77 77-78 78-79 79-80 80-81
FY 80-81 2764 2892 3612 4051 4118
FY 79-80 2764 3225 3915 4034 4147
Diff Amount 0 -333 -303 17 -29
Diff Percent 0% -10% -8% 0% -1%
आव २०७९।८० र २०८०।८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित निर्जीवन बीमकको बीमाशुल्क आम्दानी(रू करोडमा)

यस्तो मिथ्यांकले नेपालको जीवन बीमा व्यवसायको वृद्धि दरका आधारमा गरिने सबै खाले निर्णयलाई नराम्ररी प्रभावित पार्छ। कुनै जीवन बीमकले हासिल गरेको कुल बीमाशुल्क वृद्धि दर बजारको औसत वृद्धि दरभन्दा थोरै, बराबर वा बढी छ भन्ने तय गर्ने आधार प्राधिकरणले प्रकाशन गर्ने मासिक वा वार्षिक तथ्यांक नै हो।

नियामकले प्रकाशन गरेको तथ्यांकलाई बाँकी कुनै पनि श्रोतबाट प्रकाशन गरिने तथ्यांक विश्वसनीय मानिन्छ। सम्बन्धित क्षेत्रमा हुने कुनै पनि अध्ययन अनुसन्धान यस्ता तथ्यांकको आधारमा नै गरिन्छ।

प्राधिकरणले बीमकबाट संकलित तथ्यांकको शुद्धताका लागि वास्तविक समय कारोबार(रियल टाइम ट्रान्जेक्शन) प्रणाली लागू गरेको छ। यस अन्तर्गत बीमकको कारोबार विवरण प्राधिकरणको नियामक सूचना प्रणालीमा प्रवाह हुन्छ। यसबाहेक बीमकले बेग्लै आवधिक प्रतिवेदन समेत पेश गर्छन्। यी सबै प्रावधान र  प्रणालीका बावजुद तथ्यांक नभएर मिथ्यांकको उत्पादन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS