IME Life New

सन् २०२७ सम्ममा एसिया प्रशान्त क्षेत्रमा बीमा विश्लेषण बजार १५.९%ले बढ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । एसिया प्रशान्त क्षेत्रमा बीमा विश्लेषण बजारले सन् २०२० देखि २०२७ सम्म वार्षिक औसत १५.९%को दर हुने अनुमान गरिएको छ।

एलाइड मार्केट रिसर्चले यस्तो अनुमान गरेको हो। रिसर्चको प्रतिवेदनअनुसार एसिया प्रशान्त क्षेत्रको यो वृद्धि अन्य क्षेत्रको तुलनामा सबैभन्दा छिटो हुनेछ।

Esewa
Crest

विश्वव्यापी रुपमा बीमा विश्लेषण बजार सन् २०१९ मा ७.९१ अर्ब डलरबाट बढेर सन् २०२७ सम्ममा २२.४५ अर्ब डलर हुने अनुमान गरिएको छ। जुन वार्षिक औसत १४.२ प्रतिशतको वृद्धिबाट हासिल हुनेछ।

यो वृद्धि उन्नत प्रविधि अपनाउने र बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाद्वारा सञ्चालित भइरहेको छ। जब कि गोपनीयता चिन्ता र नियामक आवश्यकता प्रमुख बाधा रहेका छन्।

सन् २०१९ मा समाधान खण्डले बीमा विश्लेषण बजारको लगभग दुई तिहाइ हिस्सा ओगटेको थियो। २०२७ सम्म यसको नेतृत्व कायम राख्ने अपेक्षा गरिएको छ। जब कि सेवा खण्डले १५.५ प्रतिशतको सबैभन्दा छिटो वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

प्रयोगको हिसाबले जोखिम व्यवस्थापनले सन् २०१९ मा बीमा विश्लेषण बजारको लगभग ४० प्रतिशत ओगटेको थियो। यद्यपि बिक्री र बजारीकरण वार्षिक औसत १७.३ प्रतिशतको दरले सबैभन्दा छिटो बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS