IME Life New

व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् । आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी रामशरण सिंखडादको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शेरचनले भने, “हामीले जहिले पनि व्यक्तिभन्दा संस्थालाई माथि राख्नुपर्छ। विगतमा देखिएका विभाजन र मनमुटावले संस्थालाई कमजोर बनाएको छ, अबको समय भनेको सबैलाई समेटेर एक ढिक्का हुने समय हो।”

उपाध्यक्ष शेरचनले रामशरण सिंखडाको उम्मेदवारीप्रति समर्थन जनाउँदै उनलाई संस्थाको भित्री प्रणाली र विधि राम्रोसँग बुझेको अनुभवी व्यक्तिका रूपमा चित्रण गरे।

Esewa
Crest

विगतका तीता अनुभवहरूलाई स्मरण गर्दै शेरचनले अबको निर्वाचन प्रणाली र प्रक्रियालाई थप विश्वसनीय बनाउनुपर्ने धारणा राखे। उनले थपे, “निर्वाचन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर चुनावपछि हार्ने पक्षले परिणामलाई स्वीकार नगर्ने र अर्को संस्था खोल्ने संस्कृतिले हामीलाई कतै पुर्‍याउँदैन। त्यसैले सकभर सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो मान्यता हो।”

शेरचनले विदेशमा रहेका लाखौँ नेपालीहरूको अधिकार, विशेषगरी गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, नेपालमा रहेको सम्पत्तिको सुरक्षा र प्रवासबाट मतदान गर्न पाउने अधिकार (मताधिकार) का मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन साझा नेतृत्व र बलियो एकताको विकल्प नभएको बताए।

आफू पनि आगामी नेतृत्वका लागि तयार रहेको बताउँदै उनले जुनसुकै पदमा बसे पनि एनआरएनएको गरिमा बचाउन र दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्न आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे। महासचिवका उम्मेदवार सिंखडाको भिजन र संकल्पले संस्थालाई सही दिशा दिने विश्वास व्यक्त गर्दै उनले चुनावी अभियानको सफलताका लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS