IME Life New

सहकारीको निक्षेपमा पनि बीमा सुविधा प्रदान गर्ने तयारीमा इन्डोनेसिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसिया सरकारले सहकारी संस्थाहरुको निक्षेपमा पनि बीमा सुविधा प्रदान गर्ने तयारी गरेको छ।

इन्डोनेसियाको सहकारी मन्त्रालयले सहकारी संस्थामा ग्राहकले राखेको निक्षेपमा बीमा सुविधा प्रदान गर्ने विधेयक तयार गरेको हो। प्रस्तावित विधेयक स्वीकृतका लागि इन्डोनेसियाको प्रतिनिधिसभामा पेस गरिएको छ।

Esewa
Crest

सहकारी मन्त्रालयका सहायकमन्त्री फेर्री जुलियान्तोनोले गत साता बीमकहरुले बैंकहरुमा ग्राहकको निक्षेपमा दिँदै आएको बीमा सुविधा सहकारीका ग्राहकलाई पनि प्रदान गर्नुपर्ने बताएका थिए। इन्डोनेसिया डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एलपीएस)ले हाल त्यहाँ बैंकका ग्राहकको निक्षेपमा बीमा सुविधा दिँदै आएको छ।

सहकारीलाई पनि कानुनी दायरामा ल्याएर सुशासनको व्यवस्था गर्न बीमा सुविधा दिने तयारी भइरहेको जुलियान्तोनोले बतए। ‘यसले सहकारीलाई आधुनिक बनाउनुका साथै ग्राहकको निक्षेपको सुरक्षा पनि बढ्नेछ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS