IME Life New

भारतमा जीवन बीमा बजारको आकार अबको ५ वर्षमा १७० अर्ब डलर पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको जीवन बीमा बजारको आकार अबको ५ वर्ष १७० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

ग्लोबलडाटाले भारतको जीवन बीमा बजारको भविष्यबारे यस्तो प्रक्षेपण गरेको हो। यो वृद्धि वार्षिक औसत ९.६ प्रतिशत वृद्धिदरबाट हासिल हुने ग्लोबलडाटाको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनअनुसार सन् २०२४ मा भारतको जीवन बीमा बजारको आकार ११०.२ अर्ब डलर पुगेको छ। अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले बढेर सन् २०२५ यो १२०.५ अर्ब डलरको हुने अनुमान गरिएको छ।

बढ्दो वित्तीय साक्षरता, डिजिटल अपनाउने र विशेषगरी युवा उपभोक्तामाझ म्यादी र सम्पूर्ण जीवन बीमा उत्पादनको बढ्दो मागले वृद्धिलाई प्रेरित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। महिला र विपन्न समुदायले पनि भारत सरकारद्वारा समर्थित बीमा सखी योजनाजस्ता लक्षित बीमा उत्पादन र पहलद्वारा सहयोग पुर्याइरहेका छन्।

भारतको बढ्दो काम गर्ने उमेर समूहको जनसंख्या, बढ्दो आय स्तर र कार्यबलमा महिलाको बढ्दो सहभागिताले दीर्घकालीन बचत र सुरक्षा उत्पादनको मागलाई थप बढावा दिइरहेको छ।

हाल भारतमा जीवन बीमा दायरा ३.८ प्रतिशतमात्रै रहेको छ। जुन हङकङ र दक्षिण कोरियाको तुलनामा निकै कम हो। हङकङ र दक्षिण कोरिया जीवन बीमाको दायरा क्रमशः १५.४ प्रतिशत र ७.१ प्रतिशत रहेको छ।

अप्रिल २०२५ मा सुरु गरिएको बीमा विस्तारजस्ता नयाँ उत्पादनले भारतको ग्रामीण जनसंख्याका लागि कम लागत सुरक्षा प्रदान गरेर यो खाडललाई पूरा गर्ने लक्ष्य राखेका छन्। नियामक समर्थनले वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ।

प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को सीमा ७४ प्रतिशतबाट बढाएर १०० प्रतिशत पुर्याउनु तथा जीवन र स्वास्थ्य बीमामा जीएसटी १८ प्रतिशतबाट घटाएर १२ प्रतिशत कायम गरिनुले लगानीकर्ताको रुचिमा सुधार ल्याउन सक्छ।

बीमा सुगमजस्ता डिजिटल प्लेटफर्म सहित सन् २०४७ सम्ममा विश्वव्यापी कभरेज प्राप्त गर्ने भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) को प्रयासले पहुँचलाई सुव्यवस्थित गर्ने र संलग्नता बढाउने अपेक्षा गरिएको छ।

ग्लोबलडाटाका वरिष्ठ बीमा विश्लेषक स्वरुपकुमार साहूले भने, ‘लघुवित्त संस्था र हुलाक सेवासँगको सहकार्यले ग्रामीण कभरेज विस्तार गर्नेछ र प्रिमियम वृद्धिलाई बढावा दिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS