IME Life New

गर्मीसँगै भारतमा विद्युतको मागले रच्यो कीर्तिमान, किफायतीपूर्णरूपमा बिजुली गर्न सरकारको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा तापक्रमसँगै बढ्दै गएको अत्यधिक गर्मी (लु) का कारण विद्युत्को मागले दैनिक रूपमा नयाँ रेकर्ड कायम गरिरहेको छ। भारत सरकारको ऊर्जा मन्त्रालयद्वारा जारी यसै साताको तथ्याङ्क अनुसार, पछिल्ला चार दिनमा भारतको इतिहासमै अहिलेसम्मकै बढी विद्युत् माग दर्ता भएको छ।

मन्त्रालयका अनुसार दिउँसोको समयमा हुने अत्यधिक विद्युत् माग (पिक अावर डिमाण्ड)  लाई पूर्ण रूपमा आपूर्ति गरिएको छ। पछिल्लो चार दिनमा क्रमशः सोमबार २५७.३७ गिगावाट, मंगलबार २६०.४५ गिगावाट, बुधबार २६५.४४ गिगावाट र बिहीबार २७०.८२ गिगावाट विद्युत खपत भएको छ।

Esewa
Crest

तथ्याङ्क अनुसार हरेक दिन विद्युत्को माग निरन्तर बढ्दै बिहीबार २७०.८२ गिगावाट पुगेर नयाँ रेकर्ड कायम गरेको हो। सामान्यतया दिउँसोको समयमा २ बजेदेखि ४ बजेको बीचमा विद्युतको माग सबैभन्दा उच्च  हुने गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयले माग अनुसारको विद्युत् आपूर्ति गर्न सरकारी संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। तर पनि, अत्यधिक गर्मीको समयमा प्रणालीमा पर्न सक्ने दबाबलाई मध्यनजर गर्दै मन्त्रालयले सम्पूर्ण नागरिकहरूलाई  बिजुलीको किफायती, संयमित र विवेकपूर्ण रूपमा प्रयोग गर्न विशेष अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS