IME Life New

पाँच बीमकमाथि कडाइ गर्दै भारतीय नियामक, दाबी अस्वीकार र महँगो स्वास्थ्य प्रिमियममा जाँच सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आईआरडीएआईले ५ वटा बीमा कम्पनीमाथि कडाइका साथ अनुसन्धान थालेको छ।

महँगो स्वास्थ्य बीमाशुल्क र दाबी अस्वीकारका घटनालाई लिएर आईआरडीएआईले भारतका ५ निजी बीमा कम्पनीमा अनुसन्धान थालेको हो। ती कम्पनी लामो समयदेखि आईआरडीएआईको राडारमा रहेका थिए।

Esewa
Crest

अनुसन्धानका क्रममा गलत क्रियाकलाप गरेको पुष्टि भएमा ती कम्पनीमाथि जरिवाना गरिने आईआरडीएआईले जनाएको छ।

आईआरडीएआईले यसअघि नै स्टार हेल्थ इन्स्योरेन्समाथि अनुसन्धान थालेको थियो। स्टार हेल्थसहित ती ५ वटै कम्पनीले पूरै देशमा स्वास्थ्य बीमाको प्रिमियम गलत ढंगले बढाएको आरोप लागेको छ।

यसका साथै ती कम्पनीको दाबी अस्वीकार पनि निकै बढेको छ। प्रिमियम बढोत्तरी र दाबी अस्वीकार दुवै ३० प्रतिशतको आसपास रहेको आईआरडीएआईले जनाएको छ।

विशेषगरी भारतको वित्त मन्त्रालय बीमा कम्पनीहरुको यस्ता रवैयाप्रति निकै असन्तुष्ट देखिएको छ। त्यसैले वित्त मन्त्रालयले नै आईआरडीएआई ती कम्पनीमाथि अनुसन्धान गर्न निर्देशन दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS