IME Life New

इजलाशमै प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार गर्ने भारतीय वकील निलम्बित, प्रधानन्यायाधीशले भने,यस्ता कुराले मलाई प्रभावित पार्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय विधिज्ञ परिषद अर्थात भारतीय बार काउन्सिलले प्रधान न्यायाधीशमाथि आक्रमण गरेका कानून व्यवसायी राकेश किशोरको इजाजत पत्र निलम्बन  गरिदिएको छ।

किशोरले प्रधानन्यायाधिश भुषण रामाकृष्ण गवईमाथि जुत्ता प्रहार गरेका थिए। पेशागत मर्यादा विपरित गतिविधि गरेको भन्दै भारतीय विधिज्ञ परिषदले निजको इजाजत पत्र नम्बर डी-१६४७-२००९ निलम्बन गर्ने निर्णय गरेको हो।

Esewa
Crest

मंगलबार बिहान भारतीय समय अनुसार ११ः३५ बजे सर्वोच्च अदालतमा इजलाश जारी रहेका बेला राकेश किशोरले जुत्ता फुकालेर बेञ्चमा रहेका प्रधानन्यायाधिश माथि जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गरेपनि न्यायाधिशलाई लागेन । यद्दपी निजलाई प्रहरीले तुरुन्तै हिरासतमा लिइएको थियो।

भारतीय विधिज्ञ परिषद भारतीय कानून व्यवसायीहरूको नियामक संस्था हो।

 

अदालतको अप्रत्याशित घटनाक्रमबाट विचलित नभई प्रधानन्यायाधीश गवईले भने, “यस्ता कुराहरूबाट प्रभावित हुने म अन्तिम व्यक्ति हुँ,” कृपया सुनुवाइ जारी राखाैं।

एनडिटीले रिपोर्टमा लेखेको छ, प्रत्यक्षदर्शीहरूका अनुसार, प्रधानन्यायाधीशले दिनको पहिलो मुद्दाको सुनुवाई सुरु गरेका थिए, त्यतिबेला ती वृद्ध व्यक्तिले “भारतले सनातनको अपमान सहन गर्दैन” भन्दै नारा लगाए र बेन्चतिर जुत्ता प्रहार गरेका थिए।

केही दिन अघि मात्र प्रधानन्यायाधिश गवईले सामाजिक सञ्जालमा भगवान विष्णुका बारेमा केही टिप्पणी गरेका थिए । यो घटना त्यसै टिप्पणीसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीय बासिन्दाले खजुराहोमा ७ फुट अग्लो भगवमान विष्णुको प्रतिमा पुनर्निर्माणको लागि आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको रिट निवेदनलाई लिएर उनले भनेका थिए,”जानुस् र भगवानसँगै आफ्ना लागि केही गर भन्ने प्रार्थना गर्नुहोस्।”

अदालतमा रहेका सुरक्षाकर्मीहरू छिटोछिटो अघि बढे र जुत्ता प्रहार गर्ने व्यक्तिलाई हिरासतमा लिए। प्रधानन्यायाधीशमाथि प्रहार गरिएको जुत्ता निशानामा पुगेन।

जुत्ता प्रहार गर्ने व्यक्तिसँग सर्वोच्च अदालतका वकिलहरू र कर्मचारीहरूलाई प्रदान गरिने निकटता कार्ड साथमा थियो।

प्रधानन्यायाधीशलाई लक्षित गर्नुको उनको मनशाय खुलेको छैन । प्रधानन्यायाधीशले अदालतका रजिष्ट्रारलाई निजविरूद्ध कुनै कारवाही नगर्न आग्रह गरेको बताइएको छ।

निलम्बित कानून व्यवसायी राकेश किशोरविरूद्धको छानबिन समितिले दिने रायका आधारमा परिषदले इजाजत पत्र रद्द गर्ने वा नगर्ने बारे अन्तिम निर्णय लिनेछ।

विपक्षी दलका नेता राहुल गान्धीले प्रधानन्यायाधिशमाथि भएको आक्रमण प्रयासको घोर निन्दा गर्दै दोषीविरूद्ध कारवाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS