IME Life New

नबिल बैंकबाट बाहिरिँदै यो भारतीय वित्तीय संस्था, करिब १२ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकबाट भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेड बाहिरिने भएको छ।

नबिल बैंकमा रहेको आफ्नो शेयर बेचेर भारतको कोचीस्थित मुत्तुट फाइनान्स बाहिरिन लागेको छ। उक्त फाइनान्सको नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

Esewa
Crest

यो शेयर खरिदका लागि हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन पाउँछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्ड अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS