IME Life New

भारतमा सरकारी स्वामित्वको तीनवटै निर्जीवन बीमकलाई गाभ्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्रमा सरकारी स्वामित्वका बैकिङ संस्थाको एकीकरण पछि भारतको केन्द्र सरकारले निर्जीवन बीमा कम्पनीहरूलाई गाभ्ने तयारी गरिरहेको छ।

वित्त मन्त्रालयको प्रतिवेदन अनुसार, सरकारी स्वामित्वमा रहेका तीन सरकारी निर्जीवन बीमा कम्पनीहरू, ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्सलाई गाभ्ने प्रारम्भिक प्रस्तावमा विचार गरिरहेको छ।

Esewa
Crest

सरकारी स्वामित्वको अर्को ठूलो कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेशन(जिआइसी) ले निर्जीवन बीमा र पुनर्बीमा दुबै खाले सेवा प्रदान गरिरहेको छ। यो कम्पनी अन्य सरकारी स्वामित्वका बीमा कम्पनीको तुलनामा वित्तीयरूपमा सबल र सरकारका लागि लाभ दायक व्यापारका रूपमा रहेको छ। यसबाहेक लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी) पनि नाफामा रहेको सरकारी वित्तीय संस्था हो।

यी निर्जीवन बीमा कम्पनीको वित्तीय कार्य सम्पादनमा सुधार आएपछि यो कदम चालिएको हो । गाभ्ने निर्णयको उद्देश्य सञ्चालन दक्षता बढाउने र व्यापार अझै विस्तार गर्ने हो। भारतीय अनलाइन अखबार बिजनेस टुडेले वित्त मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै अनुसार हाल गाभ्ने प्रकृयाका लागि तीनवटै बीमा कम्पनीको प्रारम्भिक मूल्याङ्कन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS