IME Life New

भारतमा माैसमी सूचकांकमा आधारित व्यापक बीमा योजना प्रचलनमा ल्याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलवायू परिवर्तनका कारण बढ्दो तापक्रम र बाढी पहिरोजस्ता विपदबाट प्रताडित नागरिकलाई राहत दिन भारत सरकारले राष्ट्रव्यापी जलवायू-सम्बन्धित बीमा कार्यक्रम तयार गर्ने विषयमा बीमकहरूसँग प्रारम्भिक चरणको वार्ता शुरू गरेको छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, यो योजनाले माैसमी सूचकांकमा आधारित विधि अपनाउनेछ। यस अन्तर्गत वर्षा, तापक्रम वा हावाको गति जस्ता विशिष्ट मौसमी सीमाहरू नाघेको अवस्थामा बीमितहरूले पूर्व-निर्धारित भुक्तानी प्राप्त गर्नेछन्।

Esewa
Crest

यो कदमले सरकारलाई पनि मद्दत गर्नेछ, जसले अब प्रतिकूल जलवायू घटनाहरू भएका राज्यहरूलाई मद्दत गर्न प्रकोपहरूको लागि छुट्याइएको कोष प्रयोग गर्छ। बीमकहरूले अधिक जोखिम बहन गर्ने भएकाले किसानको लागत नियन्त्रणमा मद्दत गर्नेछ।

जलवायू परिवर्तनको उच्च जोखिममा रहेको दक्षिण एशियाली मुलुकमध्येको नेपालले एक दशक अघि नै दातृ निकायहरूको प्राविधिक र आर्थिक सहयोगमा माैसमी सूचकांकमा आधारित बीमा कार्यक्रम लागू गरिसकेको छ। नेपालमा कर्णाली, बर्दिया र सुदूरपश्चिमका सीमित जिल्लाहरूमा मात्र यो कार्यक्रम सीमित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS