IME Life New

भारतले बन्द गर्यो २५ विमानस्थल, सयौँ उडान प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चरम स्थितिमा रहेको छ। पहलगाम आतंककारी हमलापछि भारतले पाकिस्तान र कश्मीरमा आतंककारी ठेगानामा हवाई आक्रमण गरेको छ।

पाकिस्तानी सीमावर्ती क्षेत्र तनाव बढेपछि भारतले सावधानी अपनाउन धेरै कदम चालेको छ। यसमा भारतको उत्तरी र पश्चिमी भागमा रहेका लगभग २५ विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ। जसका कारण सयौँ उडान पनि रद्द गरिएका छन्।

Esewa
Crest

एयर इन्डियाबाट इन्डिगोसम्मका उडान रद्द

पीटीआईका अनुसार अपरेसन सिन्दूरअन्तर्गत भारतीय हवाई आक्रमणमा पाकिस्तानमा आतंकवादी शिविरहरुमा मिसाइल आक्रमणपछि लगाइएको प्रतिबन्धका बीच ४०० भन्दा बढी उडान रद्द गरिएको छ। एयर इन्डिया, इन्डिगो, स्पाइसजेट, एयर इन्डिया एक्सप्रेस, अकासा एयरलगायत केही विदेशी एयरलाइन्सले पनि विभिन्न विमानस्थलमा आफ्नो सेवा रद्द गरेका छन्।

विमानस्थल मे १० सम्म बन्द

भारतले अपरेसन सिन्दूरपछि पहिले १८ वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि श्रीनगर विमानस्थलसहित तिनको संख्या २५ पुर्याइएको छ। श्रीनगरसहित लेह, जम्मू, अमृतसर, पठानकोट, चंडीगढ़, जोधपुर, जैसलमेर, शिमला, धर्मशाला र जामनगर विमानस्थल पनि अस्थायी रुपमा बन्द गरिएका छन्।

पाकिस्तानमा प्रवेश निषेध

भारतले पाकिस्तान जाने उडानका लागि आफ्नो हवाई क्षेत्र पहिले नै बन्द गरिसकेको छ। यसैअन्तर्गत पाकिस्तानी आतंकवादी अड्डाहरुमा आक्रमणपछि भारतले २५ वटा हवाई मार्गहरू बन्द गरेको छ। अधिकारीहरुका अनुसार भारतीय हवाई क्षेत्र हुँदै सबै विमानलाई पाकिस्तान प्रवेश गर्न अनुमति दिने लगभग २५ उडान मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्। भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण धेरै विदेशी विमान कम्पनीले पनि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न छाडेका छन्।

भारत र पाकिस्तान बीचको तनाव अप्रिल २२ देखि बढेको हो। त्यो दिन जब आतंककारीहरुले पहलगामको बैसरन उपत्यकामा निहत्था पर्यटकमाथि उनीहरुको धर्मका बारेमा सोधपुछ गर्दै गोली चलाएका थिए। गोली लागेर २६ जनाले ज्यान गुमाएका थिए। यसपछि मे ६–७ को राति भारतले पाकिस्तान र कश्मीरमा हवाई हमला गर्यो। जसमा लगभग ९० आतंककारी मारिएको बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS