IME Life New

भारत पाकिस्तानबीच जारी तनावसँगै हवाई यात्रुको बीमा स्थगित गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी र भारतीय पुनर्बीमा कम्पनीले भारत पाकिस्तानबीच जारी तनावका कारण वायु सेवा बीमामा युद्धसँग सम्बन्धित प्रावधानहरुलाई लागू गर्ने तयारी गरेका छन्। उनीहरुले युद्धसँग सम्बन्धित प्रावधान कार्यान्वयनसँगै बीमालेख रद्द गर्ने वा चर्को बीमाशुल्क लिएर बीमालेखलाई निरन्तरता दिने निर्णय गर्न सक्छन्।

एसियन इन्स्योरेन्स पोस्टका अनुसार विश्वव्यापी र भारतीय पुनर्बीमा कम्पनीहरुले जारी भारत–पाकिस्तान तनावका कारण विमानस्थलहरु बन्द र उडानहरु रद्द भएका कारण आफ्नो यात्रा गर्न नसक्ने यात्रा बीमितलाई कुनै पनि दाबी नतिर्ने निर्णय गरेका छन्।

Esewa
Crest

भारतीय सैन्य कारबाहीका कारण उडान गर्न नसकेका ग्राहकले सम्बन्धित एयरलाइन्सबाट टिकटबापतको रकम मात्र फिर्ता लिन सक्छन् र उनीहरुको यात्रा बीमालेखबापत कुनै पनि बीमा दाबी भुक्तानी गर्न पाउने छैनन्।

उत्तरी, पश्चिमी र मध्य भारतका कुल २७ विमानस्थल मे १० शनिबार बिहान ५ः२९ बजेसम्म व्यावसायिक सञ्चालनका लागि बन्द गरिएका छन्। जसले गर्दा हवाई यातायातमा ठूलो अवरोध आएको छ। भारतीय एयरलाइन्सहरुले बिहीबार ८५० उडान रद्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS