IME Life New

भारतमा बैंक टाट पल्टिँदा निक्षेपमा ५ लाखको बीमा क्षतिपूर्तिको सीमा बढाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको वित्त मन्त्रालयले हाल बैंक निक्षेपमा भारु ५ लाखको सीमाभन्दा बढी बीमा कभर बढाउने सम्भावनाको समीक्षा गरिरहेको छ। यदि यसलाई बढाउने कुरामा सहमति भयो भने बैंक टाट पल्टेको अवस्थामा ग्राहकले निक्षेपको भारु ५ लाखभन्दा बढीको बीमा क्षतिपूर्ति पाउनेछन्।

बिजनेस टुडेका अनुसार संशोधित निक्षेप बीमा योजना चालु क्यालेन्डर वर्षको अन्त्यसम्ममा मात्र सुरु गर्न सकिने संकेत देखिएको छ। बैंक टाट भएमा निक्षेप बीमाले निक्षेपकर्तालाई बैंक बचतको निश्चित रकमको सुरक्षा प्रदान गर्दछ।

Esewa
Crest

वित्त मन्त्रालयले संशोधित बीमा सीमा अझै विश्लेषण भइरहेको जनाएको छ। तर, सरकारले आधिकारिक घोषणा गर्नुअघि प्रस्तावलाई गहिरिएर विचार गर्नेछ।

निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी कर्पोरेसन (डीआईसीजीसी) निक्षेप बीमा व्यवस्थापनका लागि जिम्मेवार छ। यसले बैंकहरुबाट प्रिमियम संकलन गर्छ। जुन हाल भारु १०० निक्षेपमा ०.१२ प्रतिशत तय गरिएको छ।

भारतमा भारु ५ लाखको हालको बीमा सीमा सन् २०२० अप्रिल १ मा लागू भएको थियो। यो २७ वर्षदेखि अपरिवर्तित रहेको भारु १ लाखको अघिल्लो सीमाभन्दा धेरै बढी हो। यो संशोधन पञ्जाब र महाराष्ट्र सहकारी बैंक संकटपछि गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS