IME Life New

अमेरिकी दबाब पछि यूद्धबाट पछि हटे भारत र पाकिस्तान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनयता एक अर्काविरूद्ध यूद्ध छेडेका दुई दक्षिण एशियाली छिमेकी मुलुक, भारत र पाकिस्तानबीच संघर्षबिराम भएको छ ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुबै देशले तत्काल संघर्ष बिराम गर्न सहमत भएका हुन् । भारतीय विदेश मन्त्रालयले आज अपराह्न प्रेस ब्रिफिङ गरी साँझ ५ बजेदेखि नै लागू हुने गरी संघर्ष बिराम गरिएको जानकारी दिएको छ ।

Esewa
Crest

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जालमार्फत् तत्काल लागू हुनेगरी दुबै देशले संघर्ष बिराममा सहमति जनाएको जानकारी दिएका छन्। उनले भने, पाकिस्तान सदैव यस क्षेत्रमा शान्ति–सुरक्षाका लागि प्रयासरत रहेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत् दुबै देश पूर्ण र तत्काल संघर्षविराम गर्न सहमत भएको घोषणा गरेका थिए। समझदारी र बुद्धिमताका लागि उनले दुबै देशलाई बधाई दिए ।

भारतले पाकिस्तानमाथि आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले यो अस्वीकार्य भएको प्रतिकृया दिएका थिए। उनले विश्वले थप यूद्ध र तनाव अपेक्षा नगरेको भन्दै दुबै देशलाई पछि हट्न दबाब दिएका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुई देश तत्काल संघर्ष बिराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा आफू खुसी भएको जनाउँदै दुबै देश तटस्थ स्थानमा वार्ता गर्न सहमत भएको पनि जानकारी दिए ।

विदेशमन्त्री रुबियोले विगत ४८ घण्टाको अवधिमा भएका वार्तामा उपराष्ट्रपति जेडी भान्स, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर लगायतका वरिष्ठ अधिकारी सहभागी थिए ।

गत वैशाख ९ गते जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत-पाकिस्तानबीच तनाव बढेर दुबै देश आक्रमणमा उत्रिएका थिए । पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो ।

भारतले आतंककारीहरुलाई पाकिस्तानले प्रश्रय दिएको भन्दै आतंककारीहरु रहेको हुनसक्ने पाकिस्तानको नाै बेग्ला बेग्लै स्थानमा हवाई आक्रमण गरेको थियो। जवाफी कारवाहीमा पाकिस्तानले पनि स्थल र हवाइमार्गबाट भारत नियन्त्रित कश्मिरमा आक्रमण गरेको थियो।

भूमिका विहिन सार्कः

दक्षिण एशियामा शान्ति सदभाव र भाइचाराको उद्देश्य बोकेको दक्षिण एशियालि क्षेत्रिय संगठन(सार्क) मृतः प्राय बनेको छ। यसको अध्यक्ष राष्ट्र नेपाल हो। दुई सदस्य राष्ट्रबीचको तनावका बेला नेपालले सार्क राष्ट्र अध्यक्षको नाताले तनाव कम गर्ने पहल गर्नुपर्थ्यो । तर, सार्क संगठन निष्कृय रह्यो। भारतको बहिष्कारका कारण यो संगठनको क्षेत्रिय सम्मेलन केही वर्ष देखि हुन सकेको छैन। कुनै एक सदस्य राष्ट्रको भएको अवस्थामा सम्मेलन हुन नसक्ने प्रावधान रहेको छ। भारतले पाकिस्तानले सीमापार आतंकलाई संरक्षण दिएको भन्दै आरोप लगाउँदै आएको छ।

पछिल्लो समयमा बंगलादेश र भारतबीच पनि सम्बन्धमा कटुता छ। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेष हसिनालाई प्रश्रय दिएको र बंगलादेशमा हिंसाका लागि उक्साएको भन्दै बंगलादेशी सरकारले भारतसँगको कुटनीतिक सम्बन्धलाई चीसो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS