IME Life New

जापानलाई पछि पार्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्यो भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतले आधिकारिक रुपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।

भारतको नीति आयोगका सीईओ बीभीआर सुब्रह्मण्यमले पत्रकार सम्मेलनमा यो जानकारी दिएका थिए। भारतले आफ्नो आर्थिक नीतिका कारण यो उपलब्धि हासिल गरेको हो।

Esewa
Crest

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांक उद्धृत गर्दै सुब्रह्मण्यमले भने, ‘हामी चौथो ठूलो अर्थतन्त्र हौँ। हामी ४ ट्रिलियन डलरको अर्थतन्त्र हौँ। आज भारत जापानभन्दा ठूलो छ। अब अमेरिका, चीन र जर्मनीमात्र भारतभन्दा ठूला छन्।’

नीति आयोगका सीईओ सुब्रह्मण्यमले भारत आफ्नो योजना र विचारमा अडिग रहिरह्यो भने अबको २.५–३ वर्षमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी पनि गरे।

आईएमएफको अप्रिल २०२५ को विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनअनुसार भारतको जीडीपी ४४.१८७ ट्रिलियन पुग्ने अनुमान गरिएको छ। जुन जापानको ४४.१८६ ट्रिलियनको अनुमानित जीडीपीभन्दा अलि बढी हो।

भारतको यो उपलब्धि बलियो घरेलु माग, अनुकूल जनसांख्यिकीय प्रवृत्ति र नीतिगत सुधारका कारण हो। भारतको अर्थतन्त्रले वार्षिक ६–७ प्रतिशतको वृद्धिदर कायम राखेको छ। जब कि जापानको अर्थतन्त्र विश्वव्यापी व्यापार तनाव र नीतिगत परिवर्तनका कारण प्रभावित भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS