IME Life New

जापानलाई उछिनेर भारत बन्यो विश्वकै पाँचौँ ठूलो उड्डययन बजार, शीर्ष स्थान कुन देश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र हो। यससँगै भारतको उड्डययन बजार पनि तीव्र गतिमा उदाउँदैछ।

भारत अब विश्वकै पाँचौँ ठूलो उड्डययन बजार बनेको छ। यसले जापानलाई उछिनेर यो उपलब्धि हासिल गरेको हो।

Esewa
Crest

यसैगरी भारतको मुम्बई–दिल्ली रुट विश्वको सबैभन्दा व्यस्त हवाई रुटको सूचीमा सातौँ स्थानमा रहेको छ। एयरलाइन कम्पनीहरुको संस्था, अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को विश्व हवाई यातायात तथ्यांकमा यो कुरा प्रकाशमा आएको छ। आईएटीएमा विश्वभरका लगभग ३५० एयरलाइन कम्पनी समावेश छन्।

प्रतिवेदनअनुसार सन् २०२३ को तुलनामा २०२४ मा भारतमा हवाई यात्रुको संख्या ११.१ प्रतिशतले बढेको छ। यस अवधिमा हवाई यात्रुको कुल संख्या २१.१ करोड थियो। यो संख्या जापानभन्दा बढी हो। जापानमा सन् २०२४ मा २०.५ करोड यात्रुले हवाई यात्रा गरेका थिए। यद्यपि, जापानमा हवाई यात्रुहरुको वार्षिक वृद्धिदर १८.६ प्रतिशत थियो।

अमेरिका विश्वकै सबैभन्दा ठूलो उड्डययन बजार होे छ। अमेरिकामा सन् २०२४ मा ८७ करोड ६० लाख यात्रुले हवाई यात्रा गरेका थिए।

यस सूचीमा चीन दोस्रो स्थानमा छ। चीनमा गत वर्ष ७४ करोड १० लाख मानिसले हवाई यात्रा गरेका थिए। जुन २०२३ को तुलनामा १८.७ प्रतिशत बढी हो।

बेलायत (२६ करोड १० लाख यात्रु) यस सूचीमा तेस्रो र स्पेन (२४ करोड १० लाख यात्रु) चौथो स्थानमा रहेको छ।

आईएटीएका अनुसार विश्वको सबैभन्दा व्यस्त हवाई रुटहरुको सूचीमा एसिया प्रशान्त क्षेत्रको प्रभुत्व छ। सन् २०२४ मा दक्षिण कोरियाको जेजु–सियोल रुट विश्वको सबैभन्दा लोकप्रिय हवाई रुट रह्यो। यस रुटमा कुल १३.२ मिलियन यात्रुले यात्रा गरेका थिए। दैनिक आधारमा हेर्ने हो भने यो संख्या ३६ हजारभन्दा बढी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS