IME Life New

भारतमा कारको ३ वर्ष र दुईपांग्रे सवारीसाधनको ५ वर्षको बीमा कभर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा कारको ३ वर्ष र दुईपांग्रे सवारीसाधनको ५ वर्षको बीमा कभर प्रस्ताव गरिएको छ।

बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआईले यस्तो प्रस्ताव अघि सारेको हो। यसरी सवारीसाधनको कभरेज बढाउनुको मुख्य उद्देश्य भारतमा बीमाको प्रसार बढाउनु र सन् २०४७ सम्म ‘सबैका लागि बीमा’को लक्ष्य हासिल गर्नु रहेको छ।

Esewa
Crest

आईआरडीएआईले बुधबार लङ टर्म इन्स्योरेन्स कभरका लागि एउटा मस्यौदा जारी गरेको छ। यसमा तेस्रो पक्ष बीमा र स्वयंलाई भएको क्षति बीमा दुवैको कभर प्रदान गर्ने ‘लङ टर्म मोटर प्रडक्ट’ कभरको बीमा पोलिसीबारे उल्लेख गरिएको छ। यसमा हाललाई सरोकारवालाहरुसँग राय माग गरिने आईआरडीएआईले जनाएको छ।

मस्यौदामा सबै निर्जीवन बीमा कम्पनीलाई निजी कारका मामिलामा ३ वर्ष र दुईपांग्रे सवारीसाधनका हकमा ५ वर्षमो बीमा कभरेज प्रस्ताव गरिएको छ। पोलिसी कभरेजको पूरा अवधिका लागि प्रिमियम बीमा बिक्रीको समयमा लिनुपर्नेछ।

यसअघि आईआरडीएआईले सन् २०१८ र त्यसपछि थुप्रै पटक नयाँ कार र दुईपांग्रे सवारीसाधनको लङ टर्म इन्स्योरेन्स पोलिसीलाई जोड दिँदै आएको छ। सन् २०१९ मा आईआरडीएआईले यो मामिलाबाट पछि हटेको थियो। त्यतिबेला कोरोना महामारीले लकडाउनको अवस्था थियो। यद्यपि बीमा नियामकले यो पोलिसी लागू गर्न कुनै समस्या नहुने जिकिर गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS