IME Life New

भारतः बीमाको रु. ८० लाख पाउन आफैँलाई साबित गरे मृतक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजस्थानस्थित बिकानेरमा भारु ५० लाख (८० लाख रुपैयाँ)को बीमा दाबी प्राप्त गर्न एक युवकले आफैलाई मृत घोषित गरेका छन्। उनले मृत्युको घटना सही प्रमाणित गर्न श्मशान घाटामा गरिएको अन्तिम संस्कारको रसिद पनि लिएको घटना सार्वजनिक भएको छ।

ठगी गर्ने नर्सिङ कामदार मंगीलाल ज्यानी हुन्। नक्कली तरिकाले कागजात तयार गरेपछि मंगीलालले दाबीका लागि बीमा कम्पनीमा बुझाए। बीमा कम्पनीले अनुसन्धान गर्दा मंगीलाल जीवित भेटिए। यस सम्बन्धमा बीमा कम्पनीका कानुनी अधिकारी सौरभले बिकानेरको जयनारायण ब्यास प्रहरीचौकीमा उजुरी दर्ता गरे।

Esewa
Crest

उजुरी दर्ता भएपछि प्रहरीले आरोपी मंगीलाललाई पक्राउ गर्यो। जानकारी अनुसार मंगीलालले सन् २०२३ अगस्ट ९ मा बीमा गराएका थिए। यसका लागि उनले बसोबास गर्ने भाडाको घरलाई आफ्नो ठेगाना बताएका थिए।

प्रहरीचौकीका अधिकारी देवेन्द्रका अनुसार उजुरीमा मंगीलालले भारु ५० लाखको टर्म लाइफ प्लान लिएको भनिएको थियो। दुई किस्ता जम्मा गरेपछि मंगीलालका आफन्तले नक्कली कागजात प्रस्तुत गरे र अक्टोबर २०२४ मा हृदयघातबाट उनको मृत्यु भएको बताए।

मंगीलालले डिसेम्बर २०२४ मा आफ्नो साथी पवनलाई आफ्नो आफन्त भनेर फोन गरेर दाबी रकमका लागि आवेदन दिएका थिए। बीमा गर्नुअघि मंगीलालले बैंक अफ बडोदामा खाता खोलेका थिए। पवनको नाममा नक्कली कागजात तयार पारिएको थियो।

सहरको मुक्तिधामबाट मंगीलालको अन्तिम संस्कारको रसिद बनाइएको थियो। सोही रसिदका आधारमा नक्कली मृत्यु प्रमाणपत्र तयार पारिएको थियो। दाबीका लागि आवेदन दिँदा बीमा कम्पनी र बैंक अधिकारीहरुले अनुसन्धानका क्रममा ठगीको बारेमा पत्ता लगाए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS