IME Life New

भारतमा इन्ट्री गर्नुअघि टेस्लालाई झट्का, इन्डिया हेडले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एवं इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको भारतीय ग्राहकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन्। पछिल्लो समय टेस्ला भारतमा इन्ट्री गर्ने चर्चा निकै चलिरहेको छ।

टेस्लाले भारतमा चरणबद्ध रुपमा आफ्ना कारहरु लन्च गर्ने तयारी गरिरहेको थियो। तर, योभन्दा पहिले नै टेस्लालाई ठूलो झट्का लागेको छ।
ब्लुमबर्गको रिपोर्टअनुसार टेस्लाका भारत प्रमुख प्रशान्त मेननले राजीनामा दिएका छन्। यो त्यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा प्रवेश गर्ने योजना बनाइरहेको छ।

Esewa
Crest

दिल्ली र मुम्बईमा यसको डिलरसिपलाई अन्तिम रुप दिइँदैछ। रिपोर्टले यस विषयसँग परिचित व्यक्तिहरुलाई उद्धृत गर्दै भनेको छ, ‘मेननले व्यक्तिगत कारणले गर्दा भारत प्रमुखको पदबाट राजीनामा दिएका छन्।’ यद्यपि, टेस्लाले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन।

मेनन विगत ९ वर्षदेखि टेस्लासँग काम गर्दै आएका छन् र ४ वर्षभन्दा बढी समयदेखि टेस्ला इन्डियाको बोर्ड अध्यक्षका रुपमा काम गरिसकेका छन्। मेननले सन् २०२१ मा पुणेमा कम्पनीको भारत कार्यालय पनि सुरु गरे। वेन्कट्रांगम श्रीराम पछि मेननले टेस्ला इन्डियाको कमान्ड सम्हाले।

टेस्ला इन्डियाको नेतृत्व गर्नुअघि मेननले अमेरिकामा टेस्लाका लागि लागत, प्रक्रिया र नियामक उपायहरुको निर्देशक सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन्।

मेननको राजीनामापछि अब यो पद कसले सम्हाल्छ भन्नेबारेमा धेरै छलफल भइरहेको छ। यद्यपि, यस विषयमा कम्पनीले अहिलेसम्म कुनै घोषणा गरेको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS