IME Life New

भारतः ऋणमा डुबेका भाइले बीमाको ९५ लाख रकम पाउन गरे दाजुको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि अर्को मानवतालाई बदनाम गराउने घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको सम्भल जिल्लामा एक युवकले बीमाको रकम पाउन आफ्नै दाजुको षड्यन्त्रपूर्वक हत्या गरेको घटनाको खुलासा भएको हो।

ऋणमा डुबेका ती युवकले अपांगता भएका दाजुको हत्या गरेर सडक दुर्घटना देखाएर बीमाको भारु ९५ लाख रकम हडप्ने षड्यन्त्र रचेको खुलेको हो। यो अत्याशलाग्दो योजनामा ती युवकलाई वकिल र हुलाककर्मीले साथ दिएका थिए।

Esewa
Crest

इस्लामनगर थानाअन्तर्गत इस्लामनगरनिवासी नवीनले भारु साढे ४ लाख सुन धितो कर्जा लिएका थिए। उनी कर्जामा डुबेका थिए। सोही ठाउँका वकिल अखिलेश (बीमा अभिकर्ता) र हुलाककर्मी राजुको सहयोगमा नवीनले यो हत्याको योजना बनाएका थिए।

सुरुमा तीनैजनाको योजनामा सञ्जयको बीमा गराइएको थियो। त्यसपछि बीमा रकम पाउन सञ्जयको हत्या गरी सडक दुर्घटना देखाउने योजना उनीहरुले बुने। नवीनले आफ्ना दाजु सञ्जयको टाटा एआईजी, एसबीआई जनरल, आईसीआईसीआई लोम्बार्डलगायतका कम्पनीमा कुल भारु ९५ लाखको बीमा पोलिसी बनाएका थिए। यी पोलिसी सन् २०२३ नोभेम्बर र सन् २०२४ मेको बीचमा बनाइएको थियो।

घटना जुन २० को हो। उपचार गराउने बहानामा ई–रिक्सामा नवीनले सञ्जयलाई इस्लामनगर–बहजोई मार्गहुँदै लैजाँदै थिए। मउगाउँनजिकै सुनसान सडकमा नवीनले सञ्जयलाई धक्का दिएर ई–रिक्साबाट खसालिदिए। सञ्जय रगताम्य भए। त्यसपछि नवीनले ई–रिक्सा चालकलाई धम्काएर त्यहाँबाट भगाइदिए । सडकमै पटक–पटक टाउको ठोक्काएर सञ्जयको हत्या गरिदिए।

अनि नवीन केहीबेर अलि पर बसे। पछि मान्छेहरुले देखाएपछि जब भीडभाड भयो तब नवीन पनि पुगे। नवीन सडकमा रगताम्य भएका सञ्जय आफ्नो दाजु रहेको बताए। अनि उनले एम्बुलेन्समार्फत सञ्जयलाई बहजोई सीएचसी लिएर गएर त्यहाँ डाक्टरले सञ्जयलाई मृत घोषणा गरे।

त्यसपछि नवीले बहजोई थानमा दुर्घटना भएको रिपोर्ट दर्ता गरे। प्रमाण फेला नपरेपछि प्रहरीले एफआर लगाइदियो।

नवीन कम्पनीमा दाबी पेस गर्न गए। तर, टाटा एआईजीलाई लाग्यो र प्रहरीलाई जानकारी गरायो। नवीनले सञ्जयको सबै बीमा पोलिसी नोमिनी आफूलाई राखेका थिए।

प्रहरी अनुसन्धानबाट सञ्जय श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेपछि भाइ नवीनसँग बस्दै आएको खुल्यो। ऋणमा डुबेका नवीनलाई अपांगता भएका दाजु सञ्जय लामो समयदेखि आफूसँग बस्दै आएकोमा निकै समस्या भइरहेको थियो।

घटनामा संलग्न तीनैजनालाई पक्राउ गरिसकेको छ। प्रहरीसँगको बयानमा नवीनले अखिलेश र राजुकै सल्लाहमा दाजु सञ्जयको बीमा गरेको र सोही बीमाको रकम पाउन यो घटना घटाएको बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

71%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS