IME Life New

भारतः लोकगायक पप्पु कार्कीको परिवारलाई डेढ करोड मुआब्जा दिन बीमा कम्पनीलाई अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तराखण्ड उच्च अदालतले मृतक लोकगायक पप्पु कार्कीको आश्रित परिवारलाई करिब डेढ कारोबार मुआब्जा दिन बीमा कम्पनीलाई आदेश दिएको छ।

बीमा कम्पनीको अपिललाई खारेज गर्दै उत्तराखण्ड उच्च अदालतका न्यायाधीश आलोक मेहराको एकल इजलासले मृतक परेवेन्द्र सिंह उर्फ पप्पु कार्कीको आश्रित परिवारलाई भारु ९० लाख (नेरु १ करोड ४४ लाख) मुआब्जाबापत दिन आदेश दिएको हो।

Esewa
Crest

सन् २०१८ जुन ९ मा लोकगायक कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको थियो। उनी सवार कार सडकबाट तल भीरमा खसेको थियो। जसमा कार चालक कार्कीको मृत्यु भएको थियो।

कार्कीको बीमा ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा गरिएको थियो। कार्कीकी पत्नीले बीमा दाबी गर्दा कम्पनीले लापरबाही ढंगले गाडी चलाएकोले क्षतिपूर्ति दिन मानेको थिएन। त्यसपछि यो मुद्दा जिल्ला अदालतमा पुगेको थियो। जिल्ला अदालतले पनि कार्कीको आश्रित परिवारलाई भारु ९० लाख रुपैयाँ क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको छ।

कम्पनीले भने जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उत्तराखण्ड उच्च अदालतमा अपिल गरेको थियो। अहिले उच्च अदालतले कम्पनीको अपिल खारेज गर्दै कार्कीको आश्रित परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS