IME Life New

इन्चोन बन्यो विश्वकै व्यस्त विमानस्थल, पहिलोपटक शीर्ष स्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक विश्वको सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्यांकअनुसार यस वर्षको पहिलो ६ महिनामा ३ करोड ८४ लाख अन्तर्राष्ट्रिय यात्रुले इन्चोन विमानस्थलबाट यात्रा गरेका थिए।

एयरपोट्र्स काउन्सिल इन्टरनेसनल (एसीआई) को प्रारम्भिक तथ्यांकअनुसार लन्डनको हिथ्रो विमानस्थल ३ करोड ७७ लाख ९० हजार यात्रुसहित दोस्रो स्थानमा छ र सिंगापुरको चांगी विमानस्थल ३ करोड ४५ लाख ३० हजार यात्रुसहित तेस्रो स्थानमा छ।

Esewa
Crest

मध्यपूर्वमा जारी अमेरिका–इरान द्वन्द्व इन्चोन विमानस्थलको वृद्धिको प्रमुख कारण मानिन्छ। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वका कारण मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरुबाट केही यात्रुले आफ्नो मार्ग परिवर्तन गरेका छन् र युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका छन्।

सन् २०२४ र २०२५ का लागि पूर्ण वर्षको वरियतामा दोस्रो स्थानमा रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष ५ बाट बाहिरिन सक्छ।

यसैबीच लन्डन हिथ्रो सन् २०२४ मा पाँचौँ र २०२५ मा सातौँ स्थानमा थियो। यी दुई वर्षमा इन्चोन क्रमशः १२ औँ र १३ औँ स्थानमा थियो।

इन्चोन विमानस्थल निगमका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ट्रान्जिट यात्रुको संख्या १८ प्रतिशतले बढेको छ। यी यात्रुमध्ये धेरैले पहिले युरोप यात्रा गर्दा दुबई हुँदै कनेक्टिङ उडानहरु लिएका थिए। अब इन्चोन हुँदै यात्रा गरिरहेका छन्।

विमानस्थलको तथ्यांकअनुसार इन्चोन हुँदै युरोपलाई आफ्नो अन्तिम गन्तव्य बनाएर ट्रान्जिट गर्ने यात्रुको संख्या ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेको छ। मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी हवाई ट्राफिक मार्गहरु र यात्रु प्राथमिकतालाई पनि असर गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS