IME Life New

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् ।

तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो । समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने बताए ।

Esewa
Crest

समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS