IME Life New
GBIME

पर्यटन सेवा क्षेत्रमा वाणिज्य बैंकहरुबाट रु. २ खर्ब १७ अर्ब कर्जा लगानी, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० वैशाखसम्ममा २० वटा वाणिज्य बैंकले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढेको छ।

Crest

पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ९४ करोड ८ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष १७ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको कर्जा २०.१० प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष १५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २६.४६ प्रतिशतले बढेर २० अर्ब ७३ लाख रुपैयाँ पुगेको छ।

यसैगरी वैशाखसम्म प्राइम कमर्सियल बैंकबाट १९ अर्ब २७ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट १७ अर्ब ३३ करोड ७१ लाख रुपैयाmँ कुमारी बैंकबाट १६ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ, हिमालयन बैंकबाट १२ अर्ब ३५ करोड २८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ११ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ र नबिल बैंकबाट ११ अर्ब ६ करोड ९९ लाख रुपैयाँ कर्जा गएको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा यस क्षेत्रमा प्राइमबाट गएको कर्जा १६.३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २३.१९ प्रतिशत, कुमारीको १६.९४ प्रतिशत, हिमालयनको १०.११ प्रतिशत र लक्ष्मी सनराइजको ६.५४ प्रतिशतले बढेको छ भने नबिलको ३.९७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म पर्यटन सेवा क्षेत्रतर्फ एनएमबि बैंकले ९ अर्ब ९१ करोड ५८ लाख रुपैयाँ, नेपाल बैंकले ९ अर्ब ५६ लाख, सिद्धार्थ बैंकले ७ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ७ अर्ब ८ करोड ८६ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब ८६ करोड १४ लाख रुपैयाँ, सानिमा बैंकले ६ अर्ब २९ करोड ५५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब २३ करोड ४ लाख रुपैयाँ र सिटिजन्स बैंकले ४ अर्ब २ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबै बैंकको कर्जा लगानी बढेको छ।

त्यस्तै वैशाखसम्म एनआईसी एसिया बैंकले २ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७ करोड ६८ लाख रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी दुवै बैंकको कर्जा लगानी घटेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS