IME Life New

दोस्रो बजारमा झन्डै रु. ७०० रहेको सप्तकोशी डेभलपमेन्टको संस्थापक शेयर रु. ११० मै बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा झन्डै ७०० रुपैयाँ रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर ११० रुपैयाँमै बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४० हजार कित्ता शेयर आज जेठ १९ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ।

बोलपत्र काठमाडौंबाट डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २५ गते बैंकिङ समयसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS