IME Life New

दक्षिण कोरियामा पुरुष सहकर्मीको पाइन्ट तान्ने महिलालाई झन्डै रु. ३ लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियामा एक महिलालाई आफ्नै पुरुष सहकर्मी पाइन्ट तानेकोमा नगद जरिवाना गरिएको छ।

दक्षिण कोरियाली अदालतले अन्दाजी ५० वर्षीय ती महिलालाई यौन दुर्व्यहार गरेको ठहर गर्दै २ हजार १०० अमेरिकी डलर (२ लाख ८८ हजार रुपैयाँ) नगद जरिवाना गरेको हो। योसँगै ती महिलालाई ८ घन्टाको यौन दुर्व्यहार निवारणसम्बन्धी शिक्षा लिन पनि अदालतले निर्देशन दिएको छ।

Esewa
Crest

यो घटना गत अक्टोबरमा दक्षिण कोरियाको ग्याङवङ प्रदेशमा रहेको एउटा रेस्टुरेन्टामा भएको थियो। त्यहाँ दुर्घटनावश ती महिलाले अन्य सहकर्मीसामु ती पुरुष सहकर्मी पाइन्टसँगै भित्री वस्त्र तानेकी थिइन्।

यो घटनाबाट पीडित बनेका ती २० वर्षीय पुरुष सहकर्मीले ती महिलाविरुद्ध चुचेअन जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा सुनुवाइका क्रममा ती महिलाले आफूले जानी–जानी नभएर ती पुरुष सहकर्मीमाथि हँसीमजाकमात्र गरेको दाबी गरेकी थिइन्।

गत शनिबार अदालतले भने ती महिलाको दाबी खारेज गर्दै नगद जरिवानाको फैसला गरेको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS