IME Life New

भारतमा बीमा पोलिसीको नाममा १५०० मानिस ठगीको सिकार, रु. ७ करोड बढी झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमा पोलिसीको नाममा सयौँ मानिसबाट करोडौँ रकम ठगी भएको घटनाको पर्दाफास भएको छ।

दिल्लीको गाजियाबाद प्रहरीले बीमा पोलिसीको नाममा एउटा गिरोहले देशभर १ हजार ५०० मानिसबाट भारु ४ करोड ५० लाख (नेरु ७ करोड २० लाख) ठगी गरेको घटनाको पर्दाफास गरेको हो। प्रहरीले उक्त गिरोहका ७ जना सदस्यलाई पक्राउ गरेको छ।

Esewa
Crest

प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा ५६ वटा फर्जी बीमा पोलिसी, १९८ वटा मोबाइल फोन, ३०० वटा सिम कार्ड, २६ वटा ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरण बरामद गरेको छ। यो गिरोहका सदस्यले कल सेन्टरका माध्यमबाट मानिसहरुलाई सम्पर्क गरी आफूहरुलाई बीमा कम्पनीका प्रतिनिधि रुपमा चिनाउँथे र पुराना बीमा पोलिसको बोसन, म्याचुरिटी र लाभ दिलाउने नाममा रकम उठाउँथे। उनीहरुले हालसम्म करिब १ हजार ५०० मानिसलाई प्रलोभनमा पारेर करोडौँ रकम झ्वाम पारेको प्रहरीले जनाएको छ।

दिल्लीको साइबर सेलका एडीसीपी पीयूषकुमार सिंहका अनुसार पक्राउ पर्नेमा राहुल नागर, आशीष कुमार, अनमोल चौधरी, गुलसन, राहुल, सुरज र दीपक छन्। उनीहरु नक्कली बीमा पोलिसी बनाउने र बैंक खातामा पैसा ट्रान्सफर गर्ने कार्यमा संलग्न थिए।

प्रहरी अनुसन्धानबाट यो गिरोहले विगत २ वर्षदेखि यो ठगी धन्दा चलाइरहेको खुलेको छ। उनीहरुविरुद्ध मुद्दा दर्ता गर्दै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले यो गिरोहबाट पीडित मानिसको विवरण संलग्न गर्ने कार्य अगाडि बढाउनुका साथै फरार रहेका अन्य व्यक्तिको खोजी गरिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS