IME Life New

जेनजी प्रदर्शन: गण्डकी प्रदेशमा रु. १.१३ अर्बको बीमांकृत सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशमा भएको क्षतिको बीमा दाबीको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले क्षतिपछि अनुमानित १ अर्ब १३ करोड लाख रुपैयाँ बढीको बीमा दाबी कम्पनीहरुमा परेको जनाएको छ। यो बीमा दाबी भदौ ३० गतेसम्म बीमकहरुबाट उपलब्ध तथ्यांकका आधारमा रहेको कार्यालयले जनाएको छ।

Esewa
Crest

कार्यालयका अनुसार गण्डकी प्रदेशबाट ११ वटा निर्जीवन बीमा कम्पनी र एउटा लघु निर्जीवनमा १ अर्ब १३ करोड ४० करोड रुपैयाँको बीमा दाबी परेको छ। सबैभन्दा धेरै बीमा दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा देखिएको छ। यो कम्पनीले ९ वटा दाबीको ५० करोड रुपैयाँबराबरको भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी दोस्रो धेरै रकमको दाबी सगरमाथा लुम्बिनी इन्स्योरेन्समा देखिएको छ। यो कम्पनीले ५० वटा दाबीको ३५ करोड रुपैयाँबराबर भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाएको छ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको ७ करोड रुपैयाँबराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS