IME Life New

वैशाखमा निर्जीवन बीकमहरुको व्यापार रु. ४ अर्ब माथि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखमा निर्जीवन बीमा कम्पनीहरुले ४ अब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। वैशाखमा यी कम्पनीहरुले २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

वैशाखमा सर्वाधिक व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ। वैशाखमा यो कम्पनीले ४३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

तेस्रो सबैभन्दा धेरै व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४२ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी वैशाखमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३९ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले ३७ करोड ३५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २८ करोड ९४ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

वैशाखमा युनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ करोड ७० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ९४ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ८ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS