IME Life New

एक वर्षमा वाणिज्य बैंकहरुको ६६%ले बढ्यो शेयर लोन प्रवाह, कुन बैंकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ मा १ खर्ब १६ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले समीक्षा वर्षमा १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष २०८०।८१ मा बैंकहरुले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा शेयर लोनको माग ६६.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १८ वटा बैंकको शेयर लोन प्रवाह बढेको छ भने एउटाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर लोन दिएको छैन। एनआईसी एसिया बैंकबाट गएको शेयर लोन ४८.२२ प्रतिशतले घट्दा वृद्धिदरका हिसाबले माछापुच्छ्रे बैंकको सर्वाधिक ४४२.१० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा नबिल बैंकबाट सबैभन्दा धेरै शेयर लोन गएको छ। समीक्षा वर्षमा नबिलले १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन ४६.६९ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्षा वर्षमा बैंकबाट १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६३.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ग्लोबल आइएमईले ७ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

तेस्रोमा कुमार बैंक रहेको छ। गत आर्थिक वर्षमा कुमारी बैंकबाट १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष बैंकबाट ४ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकबाट गएको शेयर लोन १३८.४१ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा वर्षमा सिद्धार्थ बैंकबाट ९ अर्ब २८ करोड ७ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ७ अर्ब २ करोड ६६ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ६ अर्ब १५ करोड ८७ लाख लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको यी सबै बैंकको कर्जा प्रवाह बढेको छ।

गत आर्थिक वर्षमा प्रभु बैंकबाट ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एभरेस्ट बैंकबाट ३ अर्ब ४४ करोड १ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ र सानिमा बैंकबाट ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा यी बैंकहरुको शेयर लोन प्रवाह बढेको छ।

त्यस्तै समीक्षा वर्षमा हिमालयन बैंकबाट २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ, एनएमबि बैंकबाट २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ६१ करोड ९१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एनआईसी एसिया बैंकको कर्जा प्रवाह घटेको छ भने बाँकी बैंकहरुको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS