IME Life New

११ महिनामा नेप्सेमा थपियो रु. २३.६३ अर्बको बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको ११ महिना जेठसम्म साढे २३ अर्ब रुपैयाँ बढीको बोनस शेयर थपिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब ६३ करोड रुपैयाँबराबरको बोनस शेयर थपिएको हो। यस अवधिसम्म नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको साधारण शेयर, १२ अर्ब १५ करोड रुपैयाँबराबरको हकप्रद सेयर र १ अर्ब २५ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, ११ करोड २० लाख रुपैयाँबराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँबराबरको अन्य शेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Esewa
Crest

नेप्सेमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँबराबरको हकप्रद शेयर, १३ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड, ८ अर्ब ४२ करोड रुपैयाँबराबरको डिबेन्चर र २ अर्ब ७५ करोड रुपैयाँबराबरको साधारण शेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS