IME Life New

तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाऊः पत्रकार महासंघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पत्रकार महासंघले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन माग गरेको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ’, विज्ञप्तिमा भनिएको छ।

कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघले आश्चर्य प्रकट गरेको छ। ‘महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS