IME Life New

‘बीमा कम्पनीमा अझै पनि गैर कानूनीरूपमा क्रस होल्डिङ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूमा स्वार्थ बाझिने गरी संस्थापक शेयर स्वामित्वमा क्रस होल्डिङ कायमै रहेको भन्दै महालेखा परिक्षकको कार्यालयले स्वतन्त्र छानबिन गर्नुपर्ने बताएको छ।

महालेखा परिक्षकको कार्यालयले ६२ औं प्रतिवेदनमा बीमकको शेयर लगानीमा क्रस होल्डिङ सम्बन्धमा स्वतन्त्ररूपमा अनुगमन गरी तोकिएको सीमा भन्दा बढी लगानी गरेको संस्थापक वा संस्थापक समूहको शेयर सीमाभित्र कायम गर्न आवश्यक निर्देशन दिन नेपाल बीमा प्राधिकरणलाई सुझाव दिएको छ।

Esewa
Crest

बीमा ऐन, २०७९ को दफा २५(३) मा एकाघर परिवारले बीमा कम्पनीको चुक्ता पूॅजीको १५ प्रतिशतभन्दा बढी हुने गरी शेयर लगानी गर्न नसक्ने र दफा २५(५) अनुसार कुनै एक व्यक्ति, संस्था, सम्बद्ध व्यक्तिले कुनै दुई वा दुईभन्दा धेरै बीमा कम्पनीमा एक प्रतिशतभन्दा धेरै हुने गरी लगानी गर्न नपाउने व्यवस्था छ।

एक बीमा कम्पनीले अर्को बीमा कम्पनीमा लगानी गर्दा स्वार्थ बाझिने हुुँदा ऐनको उक्त व्यवस्था बमोजिम बीमा प्राधिकरणले बीमकको शेयर लगानीमा क्रस होल्डिङ नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS