IME Life New

बाढी पहिरोको कहरपछि इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषद् बैठकले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मन्त्री परिषदको बिहीबार साँझ सम्पन्न बैठकले इलाम जिल्लालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

Esewa
Crest
गत साता परेको अति भारी वर्षाका कारण उत्पन्न पहिरो तथा बाढीका कारण इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ। पहिरो र बाढीका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्।
असोज १८ गतेको बाढी पहिरोका कारण इलाम र पाँचथरमा अझैसम्म पनि मेची राजमार्ग खण्ड पूर्णरूपमा अवरूद्ध रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS