IME Life New

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ६.६७%ले बढ्यो, यस्ता छन् अन्य सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा झन्डै शतप्रतिशत गिरावट आएको भने अन्य सूचक बढेको देखिएको छ ।

३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११ दशमलव २२ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि ६ दशमलव ६७ प्रतिशतल बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो ।

यस समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ४० लाख७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा पनि ९८ दशमलव ८९ प्रतिशतले घटेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ०.१३ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS