IME Life New

यस्ता विषयमा ध्यान दिनुभएन भने काम नलाग्ने हुन सक्छ बीमा योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा एउटा वैधानिक करार हो। जसमा बीमित र बीमकबीच बीमालेखको शर्तहरूको अधिनमा रहने गरी बीमितले बीमाशुल्क भुक्तानी दिने र बदलामा बीमकले जोखिम बहन गरिदिने सहमति भएको हुन्छ।

बीमालेख वैधानिक करारयुक्त दस्तावेज भएपनि केही परिस्थितिमा बीमालेखले वैधानिकता गुमाउन सक्छ। अर्थात् बीमालेखमा उल्लेख भएको शर्तहरूको उलंघन भएको अवस्थामा वा बीमाको सर्वमान्य सिद्धान्तको अवज्ञा गरिएको अवस्थामा बीमालेख अाैचित्यहिन ठहरिन्छ।

Esewa
Crest

बीमालेख अस्वीकृत हुने केही जोखिम र परिस्थितिहरूबारे यहाँ सामान्य चर्चा गरिएको छ।

१. बीमालेख अपवादः
हरेक बीमालेखमा अपवादहरू समावेश गरिएका हुन्छन् जसले बीमा दाबी अस्वीकृतिको अवस्था निम्त्याउँछ। विशेषगरी अपवाद खण्डहरू जीवन बीमालेखको हकमा बीमालेखको पुछारमा उल्लेख गरिएका हुन्छन् । बीमालेखमै भएका यी अपवादहरूको अवस्थामा दाबी अस्वीकृत हुन्छः
• आत्महत्या ( बीमालेख जारी गरेको मितिबाट २४ महिना भित्र)
• अवैध गतिविधिहरूको कारण मृत्यु(अपराध, मोटरसाइकल रेस, कावा खाने, अवैधानिक हवाइ उडान)
• युद्ध, दंगा, आणविक जोखिम
• स्वास्थ्य बीमामा केही रोगहरू(स्वास्थ्य बीमाका लागि अयोग्य ठहरिने स्वास्थ अवस्था)

२. फर्जी विवरण वा सीमित खुलासाः
यो अवस्थामा बीमालेख शून्य ठहरिन्छ, बीमकको तर्फबाट कुनै पनि भुक्तानी हुँदैन।
• उपचार इतिहास लुकाउने(बीमितले बीमालेख प्रस्ताव अस्वीकृत हुने भयले अाफूले उपचार गराइ रहेको कुनै दीर्घरोग जस्तै क्यान्सर, मधुमेह, उच्चरक्तचाप, ब्रेन स्ट्रोक जस्ता रोगबारे जानकारी नदिएको अवस्थामा भविष्यमा दाबी अस्वीकृत हुनसक्छ)
• धूम्रपान र मदिरापान( धुम्रपान, मदिरापान अम्मलको बारेमा बीमालेख प्रस्तावमा नखुलाएको अवस्था)
• गलत उमेर वा आय विवरणहरू(उमेर सम्बन्धि विवरण ढाँट्ने प्रयास गरेमा वा ढाँटेमा)

३. व्यतित बीमालेखः

चालू अवस्थामा नरहेको बीमालेखको प्रभाव पनि शुन्य हुन्छ। यस्तो बीमालेख पुनर्जागरण नगर्दा सम्म निष्कृय अवस्थामा रहन्छ। बीमालेखको अधिकांश शर्त र सुविधाहरू अमान्य हुनजान्छ।
• समयमै बीमालशुल्क भुक्तानी नगरिएको
• नविकरण गर्ने मोहलत नाघेको

४. अत्यधिक बीमा वा गलत बीमायोजना

बीमालेख खरिद गर्ने समयमा अाफ्नो अावश्यकता र क्रय क्षमताको अाधारमा निर्णय गर्न नसक्दा पछि समस्या अाइपर्न सक्छ।
• बीमालाई लगानीको रूपमा मात्र प्रयोग गर्ने
• सुरक्षाको लागि सावधिक बीमालेख खरिद गर्ने जसले गर्दा कम प्रतिफल र अपर्याप्त जोखिम बहनको अवस्था हुन्छ।

५. प्रतिक्षा अवधि भित्र दाबीहरू
• स्वास्थ्य बीमामा प्रतीक्षा अवधिहरू ३० दिनदेखि १८० दिनसम्मको हुन्छ।
• पहिले नै कायम रहेका रोगहरूको हकमा (२-४ वर्ष) सम्म कुनै दाबी लाभ प्राप्त हुनेछैन।

६. न्यून बीमाङ्कः
• रू १०-२० लाखको लागि रू ३-५ लाखको बीमा
• रू५० लाख चाहिने परिवारको लागि ₹५ लाखको सावधिक बीमा

७. इच्छ्याइएको व्यक्ति मनोनित नभएको अवस्थामा दाबी भुक्तानी लिन समयमा परिवारको लागि कानुनी ढिलाइ, विवाद, तनाव मात्र हुन्छ।
• इच्छ्याइएको व्यक्ति अद्यावधिक नगरिएको
• इच्छ्याइएको व्यक्तिसँग तपाइको नाता पुष्टी हुने कागजपत्र नभएको वा हराएको अवस्था

बीमा ग्यारेन्टी होइन। यो शर्तहरू सहितको करार हो। त्यसैले ,सही बीमालेख, सही जोखिमवहन, पूर्ण खुलासा, नियमित बीमा नविकरण, प्रतिक्षा अवधि र नियमित समीक्षामध्ये कुनै पनि पक्ष नछुटाउनुहोस् । यसो भएन भने तपाईलाई सबैभन्दा बढी आवश्यक पर्दा तपाइको बीमाले काम नगर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS