IME Life New

विकसित र उदयीमान अर्थतन्त्रमा बीमाको पहुँच विस्तार गर्न आईडीएफको पाँचवर्षे रणनीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स डेभलपमेन्ट फोरम (आईडीएफ)ले विकसित उदयीमान अर्थतन्त्रमा बीमाको पहुँच गर्न गर्न पाँचवर्षे रणनीति ल्याएको छ।

फोरमले ‘एडप्ट एन्ड स्केल २०२५–३०’ रणनीति ल्याएको हो। यस रणनीतिअन्तर्गत फोरमले विश्वव्यापी जलवायु परिवर्तन र प्राकृतिक विपत्तिबाट निम्तिने जोखिम व्यवस्थापन र वित्तीय समस्या हल गर्न पहलकदमी भूमिका निर्वाह गर्नेछ।

Esewa
Crest

विशेषगरी विकसित र उदयीमान अर्थतन्त्रलाई लक्षित गरेर फोरमले जोखिम व्यवस्थापन र वित्तीय समस्या समाधानतिर केन्द्रित गर्नेछ। आफ्नो २०२४ को वार्षिक प्रतिवेदनमा फोरमले पुराना भौतिक पूर्वाधारहरुमा बीमाको पहुँच विस्तार हुन नसकेकोमा निकै चुनौतीहरु देखिने गरेको जनाएको छ।

फोरमले भूराजनीति र अर्थतन्त्रसँग सम्बन्धित बीमाको मागका बारेमा संस्थागत समीक्षा सुरु गरेको छ। बीमासँग विश्वमा बीमाको प्रभाव बढाउन सम्बन्धित कार्यक्रम र नीतिहरु कार्यान्वयन गर्ने कार्यलाई फोरम बढावा दिएको छ। स्वास्थ्य र सामान्य सेवा क्षेत्रमा देखिएका बीमासँग सम्बन्धित चुनौती समाधान गर्न नयाँ कदम चाल्नुपर्ने फोरमको ठहर छ।

उदयीमान जोखिमबाट समावेशी सुरक्षा मापदण्डलाई विस्तार लक्ष्य फोरमले राखेको छ। यसका लागि सार्वजनिक–निजी साझेदारी जोड दिनुपर्ने फोरमको ठहर छ।

फोरमले स्थानीयको आवश्यकलाई ध्यानमा राखेर क्षेत्रीय र राष्ट्रियस्तरबाट बीमा समाधानहरु खोजिनुपर्ने सुझाव दिएको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS