IME Life New

आईसीआईसीआई प्रुडेन्सियल लाइफलाई भारू ३३ करोड कर तिर्न सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजश्व अनुसन्धान विभागले आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्सलाई गत आर्थिक वर्षका लागि ३२ करोड ८४ लाख १० हजार भारतीय रूपैयाँ कर तथा जरिवाना बुझाउन पत्राचार गरेको छ।

इन्स्योरेन्सले धितोपत्र बोर्डमा शुक्रबार दर्ता गराएको सूचनामा आर्थिक वर्ष २०२३-२४ को मूल्याङ्कन वर्षका लागि भारू ३२ करोड ८४ लाख १० हजार रूपैयाँ राजश्व अनुसन्धान विभागले कर तथा जरिवानावापत मागेको छ।

Esewa
Crest

इकोनोमिक्स टाइम्सका अनुसार, महाराष्ट्रको आयकरका सहायक आयुक्तले जारी गरेको कर निर्धारण सम्बन्धि सूचनामा अन्य स्रोतबाट आयको रूपमा शेयरधानीहरूको आयमा लगाइएको कर, खर्चका रूपमा दाबी गर्न नमिल्ने बजार प्रवर्द्धन र विज्ञापन खर्च सहितका विभिन्न विषयमा कर छलीको अभियोग सहित राजश्व अनुसन्धान विभागले कर निर्धारण गरेको हो।

कम्पनीले तोकिएको समयसीमा भित्र आयुक्त (अपील) समक्ष उक्त आदेश विरुद्ध अपील दायर गर्ने जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS