काठमाडौं । आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति दिएको हो। अब आईसीएफसी फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।
यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।
आईसीएफसी फाइनान्सको ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।












